त्रिवि अस्पतालले खुलायाे १०० जना स्टाफ नर्सका लागि जागिर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले १०० जनाका लागि रोजगारी खुलाएकाे छ। इच्छुकले असार १ गतेसम्म आवेदन दिन सक्ने छ।
अस्पतालले करार सेवामा १०० जना स्टाफ नर्स माग गरेको हो।

इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र पत्र तह वा बिएससी नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ।

आबेदनका लागि पुरुषको हकमा ४० वर्ष वा महिलाको हकमा ४५ वर्ष ननाघेको हुनु पर्ने बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here