विपक्षी दलहरूको छलफल शुरु

file photo

काठमाडौं । विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा सुरु भएको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएकोमा विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here