माधवकुमार नेपालले भने ‘अदालतले न्याय दिन्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । नेपालले भने, ‘सबै गलत आरोपहरुका विरुद्धमा दृढका साथ उभिने छ । मलाई विश्वास छ – न्याय पालिकाले न्याय दिनेछ र अन्यायको हार हुनेछ । ‘

उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको आधार नभएको समेत बताए । ‘अहिलेसम्म एक पैसा र एक दाम जग्गा घुस खाएकाे छैन उनले भने
हामी भाग्ने होइन’।

अध्यक्ष नेपालले कुनै निजी स्वार्थ र फाइदाको लागि कामसमेत नगरेको जिकिर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here