काठमाडौं । नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्। २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते।
महिलातर्फ नेपालकी गोल्डेन रनर सन्तोषी सफल रहिन्। सुरुवात देखि अग्रता बनाएकी उनले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डको टाइमिङमा पहिलो स्थान प्राप्त गरिन्। आर्मीकी नीशा सार्की दोस्रो भइन्।
महिला र पुरुष दुवैतर्फ विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रो २५ हजार रुपैयाँ प्राप्त गरे। २५ किलोमिटरको रेस दशरथ रंगशालाबाट शुरू भई कुपण्डोल, पाटनको कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हात्तीसार, लैनचौर, स्वयम्भू, ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा पुगेर टुंगिएको थियो।






















