माधव नेपालकाेे मुद्दाबारे बोले ओली, भने‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालकाे मुद्दाबारे बा्लेका छन्। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् ।मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि यस्ताे प्रतिकृया दिएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।ओली लाई माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भनेर पत्रकारले प्रश्नमा गरेका थिए । उनले भने‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो ।’