टेलिकमका प्रबन्ध निर्देशक पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा, मुख्यसचि अर्याल पनि मुछिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।त्यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्ध पनि मुद्दा दर्ता भएको हाे।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारले जानकारी दिएकाे छ।

अन्य प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी लगायत छन् । यो मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here