नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया

काठमाडौं । नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएकाे हाे।

प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ साल जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्पमा अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न भएको थियो ।

जनकपुरका २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेशी विशेषज्ञ प्लास्टिक सर्जन डा. अलिरेजा हामिदियन जारोमीको नेतृत्वमा तथा विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा उक्त अप्रेशन सम्पन्न भएको थियो । शल्यक्रिया टोलीमा डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टर डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सक्रिय सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here