सेयर बजार घट्दा हाइड्रोपावरमा देखियाे उत्साह

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । साे गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । आज कारोबारमा आएका ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो ।

आइतबार कारोबारमा भने वृद्धि भएको छ। बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।

बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावर भने १.२२ प्रतिशत बढ्यो ।

कुल कारोबारमा आधाभन्दा बढी रकमको कारोबार हाइड्रोपावर सेक्टरमा मात्रै भएको छ । यो सेक्टरको कारोबार रकम ५ अर्ब ३७ करोड छ ।

त्यस्तै हाेटल तथा पर्यटन समूह ०.१२ प्रतिशत, बैंकिङ १.०५, विकास बैंक ०.०६, फाइनान्स ०.९१, लगानी ०.०८, जीवन बीमा ०.७७, उत्पादन ०.७४, माइक्रोफाइनान्स ०.७०, निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशत घटेका छन् ।

रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै चिलिमे हाइड्रोपावरको ८.०१, छ्याङ्दी हाइड्रोपावरको ८.०१, हिमालयन पावर पार्टनरको ७.९५ प्रतिशत मूल्य बढ्यो ।

यता ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत घटेकाे छ। नेपाल माइक्रो इन्स्योरेन्सको ९.८, समाज लघुवित्तको ८.३ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ६.८० प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here