प्रतिनिधि सभाको बैठक फेरि सर्याे

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सरेकाेमा अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।

‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ पछिल्लो पटक जारी सूचनामा उल्लेख छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले छानबिन समिति गठनको माग गरेर बैठक राेकिरहेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here