दुई दिनपछि फेरि ओरालो लाग्यो नेप्से

काठमाडौं । अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार फेरि घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । आज कारोबारमा आएका ७७ कम्पनीको मूल्य बढ्दा १७० को घटेकाेछ भने एउटाको स्थिर रहेकाे हाे।

हाइड्रोपावर १.१३ प्रतिशत बढेकाे छ । यता अन्य सेक्टरमा फाइनान्स, १.३१ , बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटेका छन् ।

तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत बढेका छन् । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढेकाे छ। यता सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here