काठमाडौं । नवलपरासीकाे दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बिहिवार बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको हाे। अहिले साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेटतर्फको बाटोबाट सञ्चालन पठाइएकाे छ ।



























