काठमाडौं । एक साताभित्र देशभर मनसुन सक्रिय हुने भएको छ।
यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
अहिले कोशी प्रदेश वरपर नै मनसुन सक्रिय रहेको र त्यो प्रक्रिया सर्ने क्रममा छ । यस वर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने विभागले जानकारी दिएकाे छ।























