साताकाे अन्तिम काराेबारकाे दिन घटेर बन्द भयाे सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । आज सेयरबजारमा गिरावट आएपनि कारोबार भने बढेको छ। बुधबार ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भएकाे छ ।

आज कारोबारमा आएका ९९ कम्पनीको मूल्य बढ्दा १४९ को घटेका छन्। आज होटल तथा पर्यटन समूह २.१४ प्रतिशत बढेकाे। छ त्यस्तै होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।

यता बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटेका छन्।

पियोर इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here