दुर्घटनाग्रस्त विमानमा ५२ जना बेलायती नागरिक भएको पुष्टि

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा बिहिवार दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार साे विमानमा ५२ जना बेलायती नागरिक थिए । त्यस्तै एक जना क्यानडेली नागरिक र पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here