बम रहेको हल्लापछि एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण

फाइल तस्वीर

काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको रोयटर्सले उल्लेख गरेको छ । फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे स्थानीय समय अनुसार दिउँसो साढे २ बजे उडेको थियो ।

विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको रोयटर्सले जनाएको छ । आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो ।

एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरुले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here