प्रचण्डले भने ‘आजबाट संसद खुल्छ’

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजबाट संसद खुल्ने बताएका छन्। कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ । केहीबेरमा हस्ताक्षर हुँदैछ ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्ताेच बताएका हुन्ले। प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए ।

रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको उनले जानकारी दिएका हुन्।

तर रास्वपासँग आफूहरूको विमत्ति र आरोपप्रत्यारोप नहुने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here