काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्ताे बताएका हुन्।
आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे । ‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन ।
गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले बोल्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे ।

























