काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले भिजिट भिसा र अग्नी सापकोटाको विषयमा कुनै साइनो नरहेको बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भिजिट भिसामा अग्नी सापकोटा साटिएको भनेर गलत प्रचार गरिएको बताएका हुन्। उनले याे दुई छुट्टाछुट्टै विषय रहेको बताए ।
‘अग्निसँग साटेको कुरा गलत कुरा हो। वाइयात कुरा मानिसहरूले प्रचार गरिराखेका छन्। यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन,’ अध्यक्ष प्रचण्डले भने।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माओवादी केन्द्रले अग्नी सापकोटाको मुद्दासँग भिजिट भिसा प्रकरण साटेको भनेर आरोप लगाएका थिए।
देश र जनताको हितको लागि तत्काललाई दुई बुँदे सहमति गरेर संसद सुचारू हुने परस्थिति बनाइएको बताए।
