भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ।
देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको हाे।
हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु भएकोमा सबैको मृत्यु भएको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।
हेलिकप्टरमा सवार यात्रुहरूका बारेमा थप विवरण सार्वजनिक भएको छैन।
दुर्घटना बिहान ५:२० बजे भएको हाे।


























