रास्वपाले प्रतिनिधि सभामा विरोध जारी राख्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने जनाएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएकोमा विरोध जारी नै राख्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।

सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको भन्दै अवरोध नगर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here