आज पनि बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी मूल्य प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।