काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।
केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् । उनीहरूले वेल अगाडी बसेरै नाराबाजी गरिरहेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।


























