पुनले भने ‘भिजिट भिसामा माओवादी गलेको छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आम जनताको भावना, सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको बताए ।

गृहमन्त्रीले राजीनामा नदिने र सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएपछि सरकारले एक महिनाभित्र छानबिन हुने प्रतिवद्धतापछि आफूहरु सदन खोल्न तयार रहेको जानकारी उनले दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निश्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको बताए ।

सो अवसरमा पुनले केही व्यक्तिले आफैले गृहमन्त्रालय चलाएको हुनाले माओवादी तर्सिएको हो कि भन्ने समेत सुनिएको भन्दै त्यस्तो नरहेको बताए ।
‘२ बुँदे सहमति गरेर सदन खोल्दा अग्नि प्रसाद सापकोटा विरुद्धको मुद्दासँग सम्बन्ध छ कि भनेर समेत कतिपयले आशंका गरे,अग्नि सापकोटाविरुद्धको मुद्दा र सदन खोल्ने विषय कुनै लेनदेनको विषय छैन’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here