एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्नेमा यसपटक ढिला भएको हो ।

गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।

७ चैतदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here