तिन दलका शिर्ष नेताविच बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुन लागेको हो।

बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन लगायतका बारेमा छलफल हुदै छ। साेहि माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गर्नुका साथै रास्वपाले निरन्तर वेल घेराउ र नाराबाजी गरिरहेको छ।

यता विपक्षी दलहरूको अवरोधका बीच पनि संसद बैठक सञ्चालन भइरहेको छ। शुक्रबार प्रधानमन्त्री ओलीको सांसदहरूसँग प्रश्नोत्तर पनि रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here