‘सरकारले संसद्लाई हेप्याे’ :हितराज पाण्डे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै उनले भने ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन ।

संसद्को कार्यसूची आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको भन्दै कार्यसूचीमा विषय हाउने र हटाइनेको कारण साेधे’

त्यस्तै बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीको अनुपस्थिति रहेको भनेर पनि उनले प्रश्न उठाए । मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधि सभा नियमावली विपरित हुने उनले बताए ।‘नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने ? यो कहाँसम्मको अन्याय हो ?’उनले भने ।

संसदमा जारी रहेको अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्को बैठक बहिष्कार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here