आजबाट देशभर फैलियाे मनसुन

काठमाडौं । यस वर्षको मनसुन आजबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । यही जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन २३ औं दिनमा सुदूरपश्चिमसम्मै फैलिएको हो ।

महाशाखाले आज असार ६ गते मनसुनी वायु सुदूरपश्चिम प्रदेशसम्म फैलिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने भएकोमा यस वर्ष १५ दिन अघि नै मनसुन नेपाल भित्रिएको थियो ।

त्यस्तै विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण समेत गरेको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here