काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।
नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपाली नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरेकी थिइन् ।