बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार!

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेकाे छ।

आइतबार चाँदि ताेलाकाे दुई हजार एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा मूल्यमा कारोबार भएको थियो।