काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भन्दै उनको खोजी भएको हो ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले
काठमाडौंमै रहेर प्रधानमन्त्री ओली संसद्मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनैपर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण गरे ।























