सञ्चालनमा आउनु अगावै दोस्राे पटक भाँचियाे निर्माणाधिन पुल

काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल फेरि भाँचिएको छ ।

मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो ।

सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री आइतबार बिहान पुल अनुगमनमा पुगेका थिए । यस अघि कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको छ।यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here