काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ। तर कारोबार रकममा भने निरन्तर सुधार आएको छ ।
आइतबार ३२ अंकले नेप्से घट्दा ९ अर्ब १४ करोडको कारोबार भएको हो । आज नेप्से २५९५.९७ अंकमा झरेको छ ।
आइतबार समूहगत परिसूचक बैंकिङ ११.४९ अंकल घटेकाे छ त्यस्तै विकास बैंक ४६.८८, फाइनान्स २५.८७, जलविद्युत् १००.९७, माइक्रोफाइनान्स ५४.१६, होटल २१७.४२, अन्य १४.१६, सामूहिक लगानी कोष ०.०७, उत्पादन ७५.०५, व्यापार २९.४७, जीवन बीमा १३५.२३, निर्जीवन बीमा समूह ५८.३४ अंकले घटेका छन् ।
आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये २३ को सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज ३ सय १० कम्पनीको ८७ हजार ३ सय २ कारोबारबाट २ करोड १५ लाख ४७ हजार कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँमा किनबेच भएको छ ।