सुर्खेतबाट हिड्दै आएका बोहोराले भेटे प्रचण्डसँग

काठमाडौं । सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

आइतबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर काठमाडौं आएका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख बताए । साथै गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताए ।

उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त समेत गरे। साथै अभियान निरन्तर जारी राख्न शुभकामना दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here