ढुंगेअड्डामा दुइवटा मोटरसाइकल ठाेक्किदा एक जनाको मृत्यु

काठमाडौं । ढुंगेअड्डामा दुइटा मोटरसाइकल आपसमा ठोक्किए र अनियन्त्रित भएको एउटा मोटरसाइकल टेलरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति ८:२५ बजे कलंकीबाट थानकोट जाँदै गरेको बा ६३ प २०७७ नम्बरको मोटरसाइकल र थानकोटतर्फबाट आउँदै गरेको बा.प्र ०२-०४९ प ४९५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।

कलंकीबाट जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ८६१४ नम्बरको टेलरलाई ढुंगेअड्डा ओभरटेक गर्दा थानकोटबाट आउँदै गरेको मोटरसाइकल उक्त मोटरसाइकलसँग ठोक्किएको थियो।

टेलरमा ठोक्किएको मोटरसाइकलका चालक हुम्लाको अदानचुली गाउँपालिका-३ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ थानकोट चेकपोस्ट बस्ने २२ वर्षीय धिरेन्द्र धियालको मृत्यु भएको हाे । अर्का मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका-४ थानकोटका ५० वर्षीय मुक्तिनारायण श्रेष्ठ घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।

मकवानपुर घर भएको टेलर चालक ४९ वर्षीय आनन्द विक र तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here