आज यी स्थानमा बाढिकाे जाेखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं । देशको विभिन्न जिल्लाहरू आज (सोमबार) आकस्मिक बाढीको मध्यम तथा सामान्य जोखिम रहेको देखिएकोले सावधान हुनुपर्ने देखिएकाे छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज इलाम, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत, र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ।

यस्तै झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको हुनसक्ने महाशाखाले जनाएको छ। यी २२ जिल्लालाई बाढी महाशाखाले आज पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here