गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्।

आफ्नु गृह जिल्ला म्याग्दीमा बजेट नपरेको भन्दै उनले बजेट पुस्तिका रोष्ट्रममै च्यातेका हुन्।

सोमबार भएको छलफलमा सांसद जुग्जालीले आफ्नो मन्तव्य बजेट पुस्तिका च्यातेर टुंग्याएका थिए।

‘यो किताब म्याग्दीलाई कुनै अर्थ नभएकाले सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here