काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ४ अंकले बढेकाे छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । आज सेयर बजार ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ।
सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यता गुँरास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
नेप्सेमा कारोबार भएका १ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको मूल्य घटेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ २.०६, फाइनान्स १७.०६, होटल ६०.५९, जलविद्युत् १४.८५, लगानी ०.४०, माइक्रोफाइनान्स ०.८६ र व्यापार समूह ९०.५१ अंकले बढेका छन् ।
तर, विकास बैंक ५.१९, जीवन बीमा ४९.६२, उत्पादनमूलक ४३.५४, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा २७.५९ र अन्य समूह ४.४८ अंकले घटेका छन् । आज ३ सय २५ कम्पनीको ७० हजार ८ सय कारोबारबाट ६ अर्ब ४७ करोड रुपैयाँ बारबरको १ करोड ७५ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।
आइतबार नेप्सेमा ९ अर्ब १४ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।