ट्रम्पको दावि : इजरायल र इरानबीच युद्धविराम हुन्छ

(AP Photo/Manuel Balce Ceneta)

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताए । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ। त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन्।

राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरे ।

उनले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भनेका छन्, ईश्वरले इजरायललाई आशिर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशिर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशिर्वाद दिनुहोस्।

यसबारे इरानको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छ । इरानले यसलाई झुट भनेको छ । इजरायलले आक्रमण रोकेको छैन । इजरायली आक्रमण नरोकिएसम्म युद्धबिराम सम्भव नभएको इरानको दावि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here