दोधारा चाँदनी पर्यटन महोत्सव: भिड सम्हाल्न हम्मे–हम्मे

दोधारा,८ कात्तिक । ‘नेपाल भ्रमण वर्ष सफल पार्न साकार, जैविक बिविधताको संरक्षण प्रमुख आधार’ नारा सहित माहाकालीमा दोधारा चाँदनी पर्यटन महोत्सव २०७६ कोे दोस्रो दिन कलाकार रवि ओड, चेतन बोहराले मञ्च तताएका छन ।

दर्शकले उनिहरुले गाएको गितमा नाञ्च थालेपछि आयोजक टोलीलाई भिड सम्हाल्न हम्मे–हम्मे भएको थियो । कलाकार नेपाल आईडलका विजेता रवि ओडले चेतन बोहरा संगै र स्थानिय कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गर्दा दर्शकहरु नाच्न थालेका थिए । दोधारा चाँदनी पर्यटन महोत्सव २०७६ लाई पुर्व मन्त्री तथा सांसद लेखराज भट्टले उद्धघाटन गरेका थिए ।

वन्यजन्तु संरक्षण तथा यस क्षेत्रको कला सांस्कृतिकलाई संरक्षण तथा सम्बर्धन गर्न माहाकालीमा दोधारा चाँदनी पर्यटन महोत्सव २०७६ संचालन गर्न लागिएको आयोजक संस्था सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चा“दनीले जनाएको छ् । माहाकाली नगरपालिकाको वडा नं. ९ स्थित रहेको अम्बिका माध्यमिक बिद्यालयलको मैदानमा ‘दोधारा चा“दनी पर्यटन महोत्सव–२०७६’ संचालन भईरहेको छ् ।

नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने लक्ष्यका साथ सरकारद्वारा घोषित समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानको साझेदार बन्न दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६ आयोजना गरिएको बताईएको छ् ।

महोत्सवमा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनी मुख्य आयोजक रहेका छन भने, सह–आयोजकमा माहाकाली नगरपालिका कायार्।लय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डब्लुडब्लुएफ लगाएत संस्था रहेको छन् ।

भोलीको कार्यक्रममा आछामी बड्डा तथा स्थानिय कलाकारको प्रस्तुती रहने महोत्सवका कार्यक्रम संयोजक यसवन्त खड्काले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here