इरानकाे क्षेप्यास्त्र प्रहारबाट कम्तीमा ३ इजरायलिको मृत्यु

काठमाडौं । इरानकाे क्षेप्यास्त्र प्रहारबाट दक्षिण सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच ‘१२ दिनको युद्ध’ अन्त्य गर्न युद्धविराममा सहमति भएको बताएपछि यो हमला भएको इजरायली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

ट्रम्पले घोषणा गरेपनि इरान–इजरायलबीच युद्धविराममा सहमति भएको छैन । इरानले भने आफ्नो पक्षबाट युद्धविराम स्वीकारेको कुरा सरकारी टेलिभिजनमार्फत जनाएको छ। इरान र इजरायलबीच पूर्ण युद्धविराम लगभग ६ घण्टामा सुरु हुने बताए पनि इजरायलले अहिलेसम्म युद्धविराम स्वीकृत गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here