काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव आएकोमा अन्तिम समयमा ०.२२ अंकले घट्दै २६ सयको विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १६ कम्पनीका १ करोड ३८ लाख १८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७८ करोड ७६ लाख माथि पुगेको छ । मंगलबार बैंकिङ र लघुवित्त समुह उकालाे लागेका छन्। यी दुई समुहको उपसुचक मंगलबार क्रमशः ५.९३ र ८.९७ अंकले बढेका छन् ।
त्यस्तै उत्पादन, लगानी र म्युचुअल फण्ड समुहको परिसुचकमा पनि वृद्धि देखिन्छ । आज बाँकी रहेका ८ समुहको परिसुचकमा भने गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएकाे छ। यता १ सय ७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिन्छ ।