मनोहरा खोलामा हामफालेका युवकको सकुशल उद्धार

काठमाडौं । ललितपुर बालकुमारीबाट मनोहरा खोलामा हामफालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत थिए ।

१८ वर्षीय आयुष बडाल बुधबार बिहान करिब ६ः४० बजे खोलामा हाम फालेपछि नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हाे।
उद्धार गरिएका उनको अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here