काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने छ ।
मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ। कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने भएकोले संभावित दुर्घटनालाई न्युनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य हुँदै छ । त्यसैले डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएको छ,
सो समय अवधिभर लेन अनुशासन पालना गरी सवारी साधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।