,काठमाडौं । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका हुन् ।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले भने, आगामि आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने बताए ।
लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको छ उनले भने अब यसका लागि सरकारले विभिन्न याेजना अनुसार काम गरिरहेका छ। कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको जानकारी उनले गराए ।




















