न्युरो अस्पतालले माग्याे ३२ जना नर्स

काठमाडौं । न्युरो हस्पिटल कार्डियो एण्ड मल्टिस्पेसलिटी अस्पताल (विराटनगर)ले रोजगारीको अवसर खुलाएकाे छ।

हस्पिटलले नर्सिङ सुपरभाइजर १ जना, ओटी इन्चार्ज १ जना र ३० जना स्टाफ नर्स गरी कुल ३२ जना नर्स माग गरेको हो।

आवेदनका लागि इच्छुकहरुले नर्सिङ सुपरभाइजर र ओटी इन्चार्जले बिएन वा बिएससी नर्सिङ उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित कामको पाँच वर्षको अनुभव पनि हुनु पर्नेछ।

स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/पिबिबिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।

इच्छुकले hrd@neurohospital.com.np मा आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here