टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्कियाे, दुई जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते भएका छन् ।

ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव घाइते भएका हुन् ।

भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशामा रहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते ट्रकका सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here