गैरआवासीय नेपाली सङ्घ र उद्योग परिसङ्घले सहकार्य गर्ने

काठमाडौं ८ कात्तिक । गैरआवासीय नेपाली संघ र र नेपाल उद्योग परिसंघले एक आपसमा सहकार्य गर्ने भएका छन्। दुवै संस्थाका पदाधिकारीबीच भएको छलफलपछि उक्त समझदारी भएको हो।

छलफल विशेषगरी नेपालमा लगानी प्रवद्र्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित रहेको गैरअवासीय नेपाली संघले जानकारी दिएको छ।

छलफलमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली संघसँग साझा कार्यसूची बनाएर अगाडि बढ्ने र एक अर्काको चासोलाई सम्बोधन गर्ने विषय समावेश गरिएको थियो।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसँग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here