काठमाडौं । नुवाकोटको ककनीमा बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि कुकुरसहितको टोली परिचालन भएको छ ।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हाे।
ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन् । बाढीले उनका श्रीमान अशोक बलामी घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएकाे छ।
























