लुम्बिनीमा जसपाले लियाे समर्थन फिर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको हाे।

उनले पत्र मार्फत समर्थन फिर्ता लिएको र देश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here