आजदेखि यी स्थानमा भारि बर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै आज साँझदेखि सोमबारसम्म कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू-भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी दिएकाे हाे।

महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्म ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हुने भारि बर्षा र धेरै भारी भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो ।

ठूलो पानी पर्ने भएकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुँदा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको महाशाखाले जनाएको छ ।

त्यसैले खाेला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here